चिनियाँ कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो।
डा. भट्टराईसँगै पूर्वमन्त्री समेत रहेकी उनकी पत्नी हिसिला यमीमा कोरोना केही दिनअघि काेराेना संक्रमण देखिएकाे थियो। चिनियाँ कम्युनिस्ट पार्टीले दुवै जनाकाे शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विदेश विभागले पठाएको पत्रमा डा. भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ।
डा. भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया