राजनीति


प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १०:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दसैँको टीका लगाएका छन्।

सोमबार दिउँसो शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिका हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राष्ट्रपतिका हातबाट टीका ग्रहण गरेको जनाकारी दिए।

Image

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी थिइन्।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दसैँको टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छ’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिको हातबाट टीका तथा जमारा लगाएकी थिइन्।

Image

यसअधि प्रधानमन्त्री ओलीले बालुवाटारमा पत्नी राधिका शाक्यलाई दसैँको टीका लगाइदिएका थिए।

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad