भारतका रक्षामन्त्री राजनाथ सिंहले दशहरे (दसैं) पर्वका अवसरमा दार्जिलिङको सुकनास्थित युद्ध स्मारकमा हतियारको पूजा गर्दै चीनलाई धम्की दिएका छन्।
चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने भारतकाे चाहना रहेको उल्लेख गर्दै उनले आफ्ना सेनाले देशको एक इन्च भूमि पनि अरूलाई नछाड्ने चेतावनी दिएका हुन्।
यसअघि उनले आइतबारै बिहान नाथु ला दर्रा पुगेर सैनिक जवानलाई दशहरे पर्वको शुभकामना दिएका थिए।
रक्षामन्त्री सिंह पश्चिम बंगाल र सिक्किमको २ दिन भ्रमण क्रममा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रक्षामन्त्री सिंहले हालै लद्दाखमा भारत-चीन सीमामा जुन घटना भयो, त्यसमा आफ्ना सैनिकले बहादुरी देखाएको उल्लेख गर्दै उनीहरूको वीरता स्वर्ण अक्षरमा लेखिने बताए।
गत जुन १५ मा दुई देशकाे सीमा पूर्वी लद्दाखकाे गलवान उपत्यकामा झडप हुँदा भारतका २० सैनिककाे मृत्यु भएकाे थियाे। तर चीनतर्फ भएकाे क्षतिबारे अझै आधिकारिक जानकारी दिइएकाे छैन।
त्यसयता भारत-चीनबीच दुश्मनी बढेकाे छ। सीमामा दुई देशका सेनाबीच बेलाबेला झगडा परिरहेकाे छ।
Shares

प्रतिक्रिया