ad ad

राजनीति


पर्सा जिल्ला कमिटी अध्यक्षलाई माधव नेपालको पत्रः आफ्नै कमरेडको हत्या गराउनेलाई क्षमा दिन सकिँदैन

पर्सा जिल्ला कमिटी अध्यक्षलाई माधव नेपालको पत्रः आफ्नै कमरेडको हत्या गराउनेलाई क्षमा दिन सकिँदैन

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ९:७,

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका पर्सा जिल्ला कमिटी अध्यक्षलाई समवेदना पत्र पठाउँदै आफ्नै कमरेडको हत्या गर्ने गराउनेलाई क्षमा दिन नसकिने बताएका छन्।

हिजो बिहीबार पर्सा जिल्लाको विन्दवासिनीमा गाउँ पार्टी कमिटीको सपथग्रहण कार्यक्रम चलिरहेको स्थानमा पार्टीकै अर्को समूहले योजनाबद्ध रूपमा आक्रमण गर्दा घाइते भएका नेकपाका जिल्ला कमिटी सदस्य मुकेश चौरासियाको शुक्रबार मृत्यु भएको हो।

‘पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने र गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भएपनि त्यस्ता अपराधी ब्यक्ति एवम् समूहलाई किमार्थ क्षमा दिन सकिदैन,’ नेकपाकाे जिल्ला कमिटी, पर्साका अध्यक्षलाई शुक्रबार लेखेकाे पत्रमा पूर्वप्रधानमन्त्री नेपालले भनेका छन्, ‘अतः उक्त घटना गराउन अपराधी ब्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कार्वाही गराउन जिल्ला कमिटीले बिशेष पहलकदमी लिन जिल्ला कमिटीको बिशेष ध्यानाकर्षण गराउँछु।’

७ कार्तिक, २०७७
कमरेड अध्यक्ष,
नेपाल कम्युनिष्ट पार्टी,
जिल्ला पार्टी कमिटी, पर्सा
विषयः हार्दिक समवेदना


कमरेड,
हिजो कार्तिक ६ गते पर्सा जिल्लाको विन्दवासिनीमा गाउॅ पार्टी कमिटीको सपथग्रहण कार्यक्रम चलिरहेको स्थानमा अपराधिक समूहले योजनावद्ध रूपमा आक्रमण गरेको, कमरेड मुकेश चौरासियाको हत्या गरेको र कतिपयलाई घाईते बनाएको खबरले म स्तब्ध एवम् दुखित भएको छु। सबैभन्दा पहिले दिवंगत कमरेड मुकेश चौरासियाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने/गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भएपनि त्यस अपराधिक ब्यक्ति एवम् समूहलाई किमार्थ क्षमा दिन सकिँदैन। अतः उक्त घटना घटाउने अपराधि ब्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गराउन जिल्ला कमिटीले विशेष पहलकदमी लिन जिल्ला कमिटीको विशेष ध्यानाकर्षण गराउँछु।
माधवकुमार नेपाल

याे पनि: पर्सामा सत्तारुढ नेकपाका दुई समूहबीच झडप, जिल्ला सदस्यको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .