राष्ट्रिय सुरक्षा परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बुधबार साँझ ६ बजे बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
उनले यो कुनै विषय केन्द्रित नभई परिषदको नियमित बैठक भएको बताए।
‘यो परिषदको बेला–बेलामा बस्ने बैठक हो, साँझ ६ बजेबाट सुरु भएको बैठक अहिले जारी छ’, थापाले नेपालखबरसँग भने।
बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पाैडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधान सेनापति पूर्णचन्द्र थापा लगायतको सहभागिता रहेको छ।

प्रतिक्रिया