ad ad

राजनीति


साझा-विवेकशील एकीकरणका लागि संयुक्त प्रतिवेदनमाथि छलफल सुरु

साझा-विवेकशील एकीकरणका लागि संयुक्त प्रतिवेदनमाथि छलफल सुरु

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ९:१,

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि संयुक्त प्रतिवेदन तयार पारेको छ।

यी दुई दलबीच एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको विवेकशीलले जनाएको छ।

मंगलबार साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय-केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्।

सो प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय-संघीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरणको प्रक्रियाले पूर्णता पाउने विवेकशील दलले मंगलबार जारी गरेको विज्ञप्तिमा स्पष्ट पारेको छ।

‘सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .