ad ad

राजनीति


नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १२:५४,

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ।

जंगी अड्डामा सञ्चालन हुने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’को आज प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट शुभारम्भ गरेका थिए।

कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव तथा जंगी अड्डाका रथीबृन्दको उपस्थिती रहेको थियो भने पृतनापतिहरु यथास्थानबाट भर्चुअल सहभागी थिए।

त्यस क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भिरता र संवेदनशीलतालाई मध्यनजर गर्दै यस्ता विषयहरुमा नियमित अन्तरक्रिया भईरहनु पर्ने र यस्तो छलफलबाट महत्वपूर्ण निश्कर्षहरु निस्कने विश्वास व्यक्त गरेका थिए।

सोही क्रममा उनले कोभिड–१९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शब व्यवस्थापन तथा बिपदका विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भूमिका तथा हालसालै नेपाली सेनाले सम्पन्न गरेको घाँटिबगर देखी छाँग्रु सम्मको गोरेटो र घोडेटो बाटो निर्माणको प्रशंसा गरेका थिए।

साथै उनले नेपाली सेनाको आधुनिकिकरण योजना तथा आर्थिक अनुशासनको कायमी र प्रणाली र पद्धतीको कार्यान्वयनमा नेपाल सरकारको पूर्ण सहयोग र समर्थन रहने प्रसंग समेत उल्लेख गरेका थिए।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सिर्जित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतिहरुको सामना गर्ने गरि आगामी कार्ययोजनाको निर्माण गर्न यो समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भईरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताएका थिए।

समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .