ad ad

कारोबार


मदिरा व्यवसायी तेजेन्द्र सिंह खड्काले ४ अर्बमा बेचे टाइगर ब्रुअरी

मदिरा व्यवसायी तेजेन्द्र सिंह खड्काले ४ अर्बमा बेचे टाइगर ब्रुअरी

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १२:२४,

मदिरा व्यवसायी तेजेन्द्र सिंह खड्काले रुपन्देहीमा रहेको टाइगर ब्रुअरीको फ्याक्ट्री बिक्री गरेका छन्। उनले ४ अर्ब रुपैयाँमा टेन्सबर्ग नामक चर्चित बियर फ्याक्ट्री बिक्री गरेका हुन्।

खड्का अन्य व्यवसायभन्दा पनि मदिरा व्यवसायीको रुपमा परिचित छन्। सुरुमा मदिरा बिके्रता रहेका उनले सन् २०१४मा यो फ्याक्ट्री सुरु गरेका थिए।

उनको यो फ्याक्ट्री मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेका हुन्। बीएण्डसी अस्पतालका सञ्चालक रहेका प्रसाईंले मदिरा व्यवसायमा पहिलोपटक हात हालेका हुन्।

उनका अनुसार मदिरा व्यवसायमा हात हालेको र अब यो व्यवसायलाई फराकिलो बनाइँदै लाने समेत उनले बताए।

उनले भने, ‘नयाँ अनुभवसहित यो व्यवसायमा आएको छु, अब यसलाई सुरुमा त स्वदेशमा नै चर्चित बनाउनुपर्ने देखिएको छ। त्यसपछि यो क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्नेछु’।

प्रसाईंका अनुसार टाइगर ब्रुअरीले अब नयाँ ब्राण्डमा आफ्नो उत्पादन सुरु गर्नेछ। टाइगर ब्रुअरीले योभन्दा अघि टेन्सबर्ग ब्राण्डको बियर उत्पादन गर्दै आएको थियो। तर अब भने मार्सी ब्राण्डमा उत्पादन सुरु गर्नेछ।

प्रसाईं मार्सी नाममा विशेष चर्चित रहेका छन्। उनले नेकपाका दुई अध्यक्षलाई सँगै आफ्नो घरमा बोलाएर मार्सी भात खुवाएको फोटो सार्वजनिक भएको थियो। त्यसपछि उनले सामाजिक सञ्जालहरुमा मार्सी नामले चर्चा पाउने गरेका छन्।

उनले आफ्नो फ्याक्ट्रीबाट उत्पादन हुने बियरको नाम पनि मार्सी नै राख्ने निधो गरेका छन्। सोहीअनुसार ब्रान्डिङमा समेत लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .