ad ad

राजनीति


बालुवाटारमा ओली–प्रचण्ड छलफल

बालुवाटारमा ओली–प्रचण्ड छलफल

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १२:१९,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सदस्यता टुंगो लगाउने लगायतका विषयमा छलफल हुने तय भएको नेताहरुले बताए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार दुई अध्यक्षबीच बालुवाटारमा केहीबेर छलफल भएको हो।

‘के के विषयमा कुराकानी भयो भन्ने बारेमा जानकारी भइसकेको छैन,’ उनले भने।

यसअघि बुधबार पनि ओली प्रचण्डले साढे दुई घण्टा छलफल गरेका थिए। कर्णाली प्रदेशका पदाधिकारीसँगको बालुवाटारमा भएको सामुहिक छलफलमा भने प्रचण्ड सहभागी भएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .