मंगलबार चीनका विदेशमन्त्री वाङ यीले ताइवान चीनको भूमि भएकाले अमेरिकाले त्यहाँ अवैधानिक रुपमा हतियार बेच्न नहुने बताएको हो।
यद्यपी बेचेको खण्डमा चीनले गतिलो जवाफ दिने उनको भनाइ छ। हालै अमेरिकी सरकारले ताइवानलाई अत्याधुनिक हतियार बेच्ने बताएको थियो।
चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ, तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ।
यसबीचमा चीनले ताइवानलाई आवश्यक परे आक्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानलाई बेग्लै राष्ट्रको रुपमा व्यवहार गर्दै आएको छ।
अमेरिकी र ताइवानको कदमबाट चीन सन्तुष्ट छैन। रोयटर्स
वाङ यी
369
Shares

प्रतिक्रिया