समाज


काठमाडौं महानगरका वडामा स्वाव संकलन र कन्ट्याक ट्रेसिङलाई तिब्रता

काठमाडौं महानगरका वडामा स्वाव संकलन र कन्ट्याक ट्रेसिङलाई तिब्रता

नेपालखबर
असोज २८, २०७७ बुधबार १०:२७,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तिव्रता दिएको छ।

महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गरिरहेको हो। संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाव संकलन गरिरहेका छन्।

एक स्थानमा कम्तिमा २ सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन भइरहेको वडा नम्बर १७ वडासचिव राजेश श्रेष्ठले बताए। परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उनले बताए।

सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाव कलेक्सन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाव संकलनको काम गरिहेको बताए।

सरकारी प्रोटोकल अनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरुले दोहो¥याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उनले बताए।

अहिले देशभरी नै कोरोना संक्रमितको संख्या बढीरहेको छ। काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरुमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरुक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरिहेको छ। भिडभाड भएको ठाउँमा नजाए, भौतिक दुरी कायम गरे, अनिवार्य रुपमा मास्क लगाएमा र बिना काम घर बाहिर ननिस्किेमा संक्रमणको जोखिमबाट बच्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad