ज्वरो आएपछि शनिबार राति पाटन अस्पतालमा भर्ना भएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलमा कोरोना देखिएको छ।
शनिबार एक्कसी ज्वरो आएपछि मन्त्री पोखरेलको पाटन अस्पतालमा भर्ना गरिएका मन्त्री पोखरेलमा आइतबार कोरोना देखिएको हो।
मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले मन्त्रीमा कोरोना संक्रमण देखिएको बताए।
‘शनिबार राति ज्वरो आएपछि पाटन अस्पतालमा लगेका थियौँ’, केसीले नेपालखबरसँग भने, ‘त्यही स्वाब लिएर परीक्षण गर्दा कोरोना देखिएको हो।’
उनले अहिले मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको डाक्टरहरुले जानकारी दिएको बताए।
उनले मन्त्रीमा कोरोना संक्रमण देखिएपछि सचिवालय र मन्त्रालयका अन्य कर्मचारीको स्वाब परीक्षणको तयारी भइरहेको जानकारी दिए।
त्यस्ते उनले मन्त्री पोखरेलसँग पछिल्लो समय सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरे।
यसअघि शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया