राजनीति


कांग्रेस प्रवक्ताको प्रश्न : नेकपा प्रवक्ता कता हुनुहुन्छ?

कांग्रेस प्रवक्ताको प्रश्न : नेकपा प्रवक्ता कता हुनुहुन्छ?

नेपालखबर
असोज २०, २०७७ मंगलबार ५:१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको घटनाको विषयमा मौन बसेको भन्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएका छन्।

उनले कांग्रेस सांसदहरुले प्रदेशसभामा कुर्सी तोडफोड गर्नु गलत भएको भनेर आफूले बताइसके पनि मन्त्रीको उत्तेजक आदेशका विषयमा नेकपा प्रवक्ता केही नबोलेको भन्दै उनले सामाजिक सञ्जाल ट्विटरमा श्रेष्ठलाई मेन्सन गर्दै कता हुनुहुन्छ नेकपा प्रवक्ता भनि खोजी गरेका हुन्।

उनले अरुले गरेको बेठिक आफूले गरेको ठिक भन्ने सोचाइका कारण नेकपा प्रवक्ता नबोलेको भन्दै उनीमाथि प्रश्न उठाएका हुन्।

उनले संसद सभामुखको रुलिङमा चल्नुपर्नेमा मन्त्रीको जंगी आदेशमा चलेको समेत बताएका छन्।

‘अरुले गरे बेठिक आफ्नाले गरे ठिक? कता हुनुन्छ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ? ‘कुर्सी तोडफोड गलत’ कांग्रेस प्रवक्ता बोल्ने, ‘मन्त्रीको उत्तेजक आदेश गलत’ नेकपा प्रवक्ता किन नबोल्ने? संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यू?’, मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता शर्माले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad