कोरोना महामारीबीच ७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडानमा शान्ति स्थापनार्थ आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।
दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी (एचआरसी) काे नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिककाे पहिलो डफ्फा काठमाडौंबाट जहाजमार्फत त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ।
सेनाले जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानबाट फर्किने सेना भने असाेज २० गते नेपाल आइपुग्नेछन्।

याे पनि : सुडान सरकार र विद्रोही नेताहरूबीच दशकौं लामो युद्ध अन्त्यका लागि सम्झौता

प्रतिक्रिया