राजनीति


चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न लागेका २७ जना पक्राउ

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न लागेका २७ जना पक्राउ

नेपालखबर
असोज १८, २०७७ आइतबार ९:२२,

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न गएका २७ जना पक्राउ परेका छन्।

दूतावास अगाडि आइतबार प्रदर्शन गर्न जाने २३ पुरुष र ४ महिलालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै त्यसको विरोध गर्न उनीहरु त्यहाँ पुगेका हुन्।

तर दूतावासले भने यसअघि नै चीनले नेपाली भूमि नमिचेको दाबी गरेको छ। नेपाल सरकारले पनि चीनले नेपाली भूमि नमिचेको प्रष्ट्याइसकेको छ।

नेपाली भूमि मिचेको खबरपछि स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी सहितको टोलीको प्रतिवेदन भने सार्वजनिक भएको छैन।

उक्त प्रतिवेदन सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायत दलहरुले समेत माग गरेका छन्।

नेपाली कांग्रेसको भातृ संगठन नेवि संघका कार्यकर्ताले पनि केहि दिनपहिले दूतावासअगाडि प्रदर्शन गरेका थिए।

याे पनि: 

चिनियाँ दूतावासअगाडि प्रदर्शन, ६ जना नेवि संघ कार्यकर्ता पक्राउ

सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)

हुम्लास्थित नेपाल–चीन सीमाबारे चार वर्षपहिले स्थलगत टोलीले दिएको थियो यस्ता निस्कर्ष र सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad