राजनीति


‘प्रहरी समायोजन विधेयक संघीयताको मर्म विपरित’

‘प्रहरी समायोजन विधेयक संघीयताको मर्म विपरित’

नेपालखबर
साउन ९, २०७६ बिहिबार ११:३२,

प्रतिनिधिसभाका सांसदहरुले सरकारले संघीयताको मर्म विपरित ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक’ ल्याएको उल्लेख गर्दै आपत्ति जनाएका छन।

प्रतिनिधिसभाका सांसदद्धय संजयकुमार गौतम र उमाशंकर अरगरियाले संघीयताको मर्म विपरित हुनेगरी सो विधेयक आएको उल्लेख गर्दै आपत्ति जनाएका हुन्। बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेपाली काँंग्रेसका सांसद गौतमले सो विधेयकमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रदेशको सुरक्षा निकाय परिचालन गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाए। उनले सरकारले ल्याएको सो विधेयक संघीयताको मर्म विपरित हुने गरी आएकाले मान्य नहुने चेतावनी पनि दिए।

सत्ता साझेदार समाजवादी पार्टी, नेपालका सांसद उमाशंकर अरगरियाले प्रदेश सरकारले नै प्रदेश प्रहरी परिचालन गर्नुपर्ने संविधानको व्यवस्था विपरित सो विधेयक आएको दावी गर्दै आक्रोश व्यक्त गरे। उनले प्रदेश सरकारलाई संघीय सरकारको खटनपटनमा चलाउने गरी आएको सो विधेयक सच्याउन पनि सरकारसँग माग गरे।

सांसद अरगरियाले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा निकायको परिचालन गर्ने पूरानै व्यवस्थालाई सरकारले निरन्तरता दिएकोमा पनि चर्को असन्तुष्टि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad