राजनीति


दक्ष जनशक्तिको खाँचो छ: मन्त्री पुन

दक्ष जनशक्तिको खाँचो छ: मन्त्री पुन

नेपालखबर
साउन ९, २०७६ बिहिबार ९:७,

सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएका छन्। महिला चेम्बर अफ कमर्स कास्की शाखाको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईमहिने सिलाइकटाइ तालीम समापनमा मन्त्री पुनले सीपमा विविधता ल्याएर मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्तिको खाँचो रहेको बताएका हुन्।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले क्षणिक सन्तुष्टिका लागि मात्रभन्दा व्यावसायिक बन्ने सोचका साथ तालीम लिनुपर्ने बताइन्। पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बराल, १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष प्रेम भुजेल लगायतले एकै व्यक्तिले धेरै तालीम लिने तर त्यसको प्रयोग भने कम देखिने गरको छ भन्दै राज्यको रकम सदुपयोग गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।

महिला चेम्बर अफ कमर्सका अध्यक्ष गीता तिवारीले अझै पनि सिलाइकटाइमा दक्ष जनशक्तिको अभावले भारतबाट कामदार ल्याउनुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न तालीम आवश्यक रहेको बताइन्। तालीममा २५ जना विपन्न वर्गका महिला सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad