राजनीति


सरकारको समीक्षा गर्नुपर्ने बेला आयोः माधव नेपाल

सरकारको समीक्षा गर्नुपर्ने बेला आयोः माधव नेपाल

नेपालखबर
साउन ९, २०७६ बिहिबार ८:५२,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समीक्षा गर्नुपर्ने माग गरेका छन्।

वरिष्ठ नेता नेपालले कमीकमजोरी छन् भने सुधारेर अघि बढ्न पनि सरकारको काम, कार्वाहीको समीक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी पनि गरे।

कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले आफ्नो कमीकमजोरीलाई भने स्विकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि बताए। उनले पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए।

 वरिष्ठ नेता नेपालले पार्टी सही बाटो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए। उनले जनतासँगको सम्बन्धलाई ‘माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad