ad ad

राजनीति


चीनसँगको विवादबीच अमेरिकी विदेशमन्त्री जापानसहित तीन देशको भ्रमणमा जाँदै

चीनसँगको विवादबीच अमेरिकी विदेशमन्त्री जापानसहित तीन देशको भ्रमणमा जाँदै

नेपालखबर
असोज १४, २०७७ बुधबार ११:९,

अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्ने कार्यतालिका छ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पिओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानेछन्।”

दक्षिण चीन सागरको विषयमा हाल चीन र अमेरिकाबीच विवाद चर्किँदै गएको छ। यसबीचमा अमेरिकी विदेशमन्त्री जापानसहित तीन देशको भ्रमणमा जान लागेका हुन्।

दक्षिण चीन सागरको विषयमा अमेरिकाको साथमा रहेर जापान र अष्ट्रेलियाले पनि चीनको विरोध गरिरहेको छ।

टोकियोमा रहेका बेला पोम्पिओले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरुसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ।

पोम्पिओले उनीहरुसँग सहकार्य, एक आपसमा सहयोग आदान प्रदान र सम्वन्ध सुधारलगायतका विषयमा कुराकानी गर्ने जनाइको छ।

पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको अधिकारीहरुले जनाएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .