ad ad

राजनीति


अमेरिकी राष्ट्रपतीय बहसमा भिडे दुई उम्मेदवार, बाइडेनले जोकर भन्दा ट्रम्पले चीनको आलोचना गरे

अमेरिकी राष्ट्रपतीय बहसमा भिडे दुई उम्मेदवार, बाइडेनले जोकर भन्दा ट्रम्पले चीनको आलोचना गरे

नेपालखबर
असोज १४, २०७७ बुधबार ६:५८,

ओहियो राज्यको क्लिभल्याण्ड शहरमा आयोजित बहसमा पहिलोपटक रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेनबीच आरोप र प्रत्यारोप भएको थियो।

९० मिनेटमा दुई नेताले स्वास्थ, न्याय, नश्लिय भेदभाव, अर्थव्यवस्था जस्ता अलग–अलग विषयमा अभिव्यक्ति दिँदै एक अर्काको कडा रुपमा आलोचना गरेका थिए।

आफ्ना भनाइ राख्ने क्रममा बाइडेनले एकपटक ट्रम्पलाई जोकर समेत भनेका थिए। बाइडेनले बोलिरहँदा ट्रम्पले अवरोध गरेपछि बाइडेनले ट्रम्पलाई जोकर भनेको र चुप लाग्न भनेको बीबीसीले जनाएको छ।

कोरोना भाइरसको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले यदी बाइडेन सरकारमा भएको भए उनको कार्यकालमा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाउने दाबी गरेका थिए। उत्तरमा बाइडेनले कोरोना नियन्त्रण गर्ने कुनै योजना नभएका राष्ट्रपति ट्रम्प रहेको बताएका थिए।

यो पनिः ट्रम्प र बाइडेनलाई सीको चेतावनीः चुनावी नाटकबाट चीनलाई बाहिर राख

ट्रम्पले कोरोना भाइरसकै सन्दर्भमा चीनको आलोचना समेत गरेका थिए। ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्दै उक्त भाइरस विश्वभर फैलनुमा चीन जिम्मेवार रहेको बताए। ट्रम्पले यस विषयमा चीन बारम्बार जवाफदेही हुनुपर्ने बताउँदै आएका छन्।

त्यहाँ कोरोना प्रकोपका बेला अपनाइने व्यक्ति–व्यक्तिबीचको दुरीको सन्दर्भ समेत उठेको थियो। त्यसमा ट्रम्पले बाइडेन २ सय फिट टाढा बस्दा पनि मास्क लगाएर बस्ने बताएका थिए।

सो क्रममा ट्रम्पलाई कार्यक्रम संचालक क्रिस वेलेसले चुनावी र्यालीमा किन धेरै भिड गर्नु भएको भनेर प्रश्न गरेका थिए। उत्तरमा ट्रम्पले भनेका थिए,‘यदी बाइडेनले मैले जति भिड जम्मा गर्नसक्ने भए उसले पनि त्यसै गर्थे।’

प्रत्यक्ष बहसमा ट्रम्पले कर छली गरेको विषय पनि उठेको थियो। न्युयोर्क टाइम्समा ट्रम्पले सन् २०१६–२०१७ मा मात्र ७५० डलर कर तिरेको दाबी गरिएको थियो। उत्तरमा ट्रम्पले आफूले त्यसवर्ष ३८ मिलियन कर तिरेको र अर्को वर्ष २७ मिलियन डलर कर तिरेको बताएका थिए।

ट्रम्पले सो क्रममा आफ्नो कार्यकालमा नभएर ओबामा–बाइडेनको कार्यकालमा नश्लीय हिंसा बढी भएको दाबी गरेका थिए।

बाइडेनले भने ट्रम्प झुठा व्यक्ति भएको विषय सबैलाई थाहा भएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .