राजनीति


कुवेतका राजाको अमेरिकामा निधन

कुवेतका राजाको अमेरिकामा निधन

नेपालखबर
असोज १३, २०७७ मंगलबार १४:३२,

कुवेतका राजा सबा अल अहमद अल जाबेर अल सबाको निधन भएको छ।

९१ वर्षीय शेख सबाको अमेरिकास्थित अस्पतालमा निधन भएको कुवेत सरकारले जनाएको छ।

सन् १९२९ मा जन्मेका शेख सबालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ। उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री थिए।

त्यसपछि उनी प्रधानमन्त्री भए। सन् २००६ मा उनी कुवेतका अमिर बनेका थिए।

अगस्ट २०१९ मा उनी बिरामी भएको बताइएको थियो। त्यसबेला उनी अस्पताल भर्ना भएका थिए। तर, के बिरामी भन्ने खुलाइएको थिएन।

जुलाई २०२० मा उनलाई एक शल्यक्रियालगत्तै अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्‍याइएको थियो।

उनी नहुँदा उनका सौतेनी भाइ ८३ वर्षीय युवराज नवाफ अल अहमद अल सबाले सत्ता सम्हालेका थिए। एजेन्सी 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad