भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। ।
लामो समयदेखि बिरामी भाजपाका संस्थापक सदस्य सिंहको ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २००४ मा घरकै बाथरुममा लडेर गम्भीर घाइते भएका सिंह लामो समय कोमामा थिए।
राजस्थान बाडमेरका जसवन्त सिंहले भारतको विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनाका मेजर पनि थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर उन निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
मोदीले ट्विटरमा लेखेका छन्, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकका रूपमा र पछि राजनीतिसँग जोडिएर। अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामु बलियो छाप छाडे। उनको निधनले दुःखी छु।’
— Narendra Modi (@narendramodi) September 27, 2020Jaswant Singh Ji served our nation diligently, first as a soldier and later during his long association with politics. During Atal Ji’s Government, he handled crucial portfolios and left a strong mark in the worlds of finance, defence and external affairs. Saddened by his demise.
Shares
प्रतिक्रिया