ad ad

राजनीति


पार्टी एकता जोगाउन चुनाव चिन्हमा सम्झौता गर्‍यौँ : अध्यक्ष थापा

पार्टी एकता जोगाउन चुनाव चिन्हमा सम्झौता गर्‍यौँ : अध्यक्ष थापा

नेपालखबर
असोज ६, २०७७ मंगलबार ४:५५,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउनका लागि चुनाव चिन्हमा सम्झौता गरेको बताएका छन्।

तीन अध्यक्षबीच राप्रपाको चुनाव चिन्ह हलो राख्ने सहमति भएपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टी एकता जोगाउनका लागि चुनाव चिन्हमा सम्झौता गरेको बताएका हुन्।

राप्रपामा लामो समयदेखि चुनाव चिन्ह के राख्ने भन्ने विवाद चल्दै आएको थियो। अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी हलो चिन्ह राख्नु पर्ने अडान राख्दै आएका थिए।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपाका लागि गाई चुनाव चिन्ह उपयुक्त भए पनि पार्टी एकता जोगाउनका लागि हलोमा सम्झौता गरेको जानकारी दिएका हुन्। उनले यो परिस्थितिको बाध्यता भएको भन्दै सहजरुपमा लिइदिन कार्यकर्तासँग आग्रह समेत गरेका छन्।

‘हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी÷शुभचिन्तकहरुमा अपिल गर्दछु’, थापाले ट्विटरमा लेखेका छन्।

उनले सहमतिसँगै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .