राजनीति


संविधानसभा र गणतन्त्रका वास्तविक जननी जनयुद्ध र मधेश विद्रोह हुन्, अरु सबै धाई, सुसारे हुन् : डा. भट्टराई

संविधानसभा र गणतन्त्रका वास्तविक जननी जनयुद्ध र मधेश विद्रोह हुन्, अरु सबै धाई, सुसारे हुन् : डा. भट्टराई

नेपालखबर
असोज २, २०७७ शुक्रबार ५:१४,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेश विद्रोह भएको बताएका छन्।

जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराई शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै संविधानसभा र गणतन्त्रको जननी जनयुद्ध र मधेश विद्रोह भएको बताएका हुन्। उनले जनयुद्ध र मधेस विद्रोहबाहेकका अरु सबै धाई, सुसारे, पण्डा, नर्तकी र तमासे भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई लक्षित गर्दै उनले संघीयता र गणतन्त्र उनको नेतृत्वमा सुरक्षित नहरेको उल्लेख गर्दै यसको उपचार खोज्न आग्रह गरेका छन्।

‘संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा : १, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्, अरू धाई, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्, २, गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन, ३, अपांग शिशुको उपचार र रक्षा गरौं’, सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्।

डा. भट्टराईले संविधान अपूर्ण भएको र यसले उत्पीडित समूहलाई अझै अधिकार सम्पन्न बनाउन नसकेको भन्दै संविधान संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad