राजनीति


मुख्यमन्त्री राईसँग अंश दाबी गरेकी बालिकाले मुद्दा फिर्ता लिइन्

मुख्यमन्त्री राईसँग अंश दाबी गरेकी बालिकाले मुद्दा फिर्ता लिइन्

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १६:२,

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग अंश दाबी गर्दै मुद्दा दर्ता गरेकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छन्।

आफूलाई शेरधनकी श्रीमती भएको दाबी गर्दै मुद्दा दिने दोलखाको कालिन्चोक गाउँपालिका ४ की ३२ वर्षीय बालिका खड्काले बुधबार मुद्दा फिर्ता लिएकी हुन्। 

उनले मुद्दा फिर्ताका लागि जिल्ला अदालत काठमाडौमा दिएको निवेदनमा शेरधनसँग अंश दाबी गर्नका लागि श्रीमान श्रीमतीको नाता कायम नभएको र हुन सक्ने आधार समेत नभएको र वास्तविक रुपमा समेत त्यस्तो सम्बन्ध नरहेको उल्लेख छ।

आफूले लिएको अंश दाबी गर्न नसक्ने र प्रंमाणित गर्न नसक्ने भएकाले आगामी तारेख आजैका मितिमा खिचिदिनका लागि आग्रह गरेकी थिइन्। अदालतले कात्तिक १८ गते तारेख तोकेको थियो। तर बालिकाको निवेदनपछि जिल्ला अदालत काठमाडौंले बुधबार नै मुद्दा फिर्ता गराइ दिएको छ।

balaka-mudda1.jpg

balika-mudda2.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad