सत्तारूढ दल नेकपाको सचिवालय बैठक पहिलोपटक पार्टीको कोटेश्वर पेरिसडाडास्थित कार्यालयमा बस्ने भएको छ।
एक सचिवालय सदस्यका अनुसार असोज २ गते शुक्रबार बिहान ११ बजे कोटेश्वर, पेरिसडाडामा सचिवालयको बैठक बस्ने भएको हो।
तत्कालीन एमाले र माओवाादीबीच एकीकरण भई नेकपा गठन भएपछी सो स्थानमा पहिलोपटक पार्टीको सचिवालय बस्न लागेको हो।
तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको सो स्थानमा नेकपा गठनपछि जनवर्गीय संगठनको कार्यालय राखिएको छ।
नेकपाको मुख्य कार्यालय धुम्बाराहीमा रहेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्णरुपमा कार्यकारी अधिकार पाएपछि पहिलोपटक पेरिसडाडामा सचिवालय बैठक राख्न लागेका हुन।
०७६ मङ्सिर ४ गते कार्यकारी दिने सहमती भएपछि प्रचण्डले धुम्बाराहीमा सचिवालय र स्थायी समिती बैठक राखेका थिए।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारण लामो समयदेखि पार्टीका सबै बैठक बालुवाटारमा बस्ने गरेको छ।

प्रतिक्रिया