उनले सो क्रममा चिनियाँ सेनाले सीमा सम्झौता उल्लंघन गर्दै भारतीय भूमिमा प्रवेश गरेकाले त्यसबेला भारतीय र चिनियाँ सेनाबीच झडप भएको बताएका थिए।
सो झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ सेनाको अवस्थाको बारेमा हालसम्म पनि सार्वजनिक गरिएको छैन। यद्यपी मंगलबार सिंहले चिनियाँ सेनालाई पनि ठूलो क्षति पुगेको बताएका थिए।
चिनियाँ सेनाले सिमाना मिचेपछि झडप भएको भारतीय रक्षामन्त्रीले बताएपछि बुधबार चीनले सिंहको भनाइमा प्रतिक्रिया जनाएको छ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बुधबार मिडिया ब्रिफिङमा जुन १५ मा चिनियाँ सेनाले नभएर भारतीय सेनाले सीमा सम्झौता उल्लंघन गरेको आरोप लगाए।
वेनबिनले भारतीयले सिमानामा गलत अभ्यासहरु बन्द गरेर विवादित क्षेत्रबाट आफ्ना सेना फर्काए विवाद शान्त हुने बताए।
उनले चीन सँधै कुटनीतिक र सैन्य च्यानल मार्फत भारतसँग विवाद समाधानका लागि सन्चार गर्न तयार भएको उल्लेख गरे। ग्लोबल टाइम्स

प्रतिक्रिया