ad ad

राजनीति


बाह्रबीसे पहिरोमा खोजी तीव्र पार्न र राहतमा जुट्न अध्यक्ष प्रचण्डको आह्वान

बाह्रबीसे पहिरोमा खोजी तीव्र पार्न र राहतमा जुट्न अध्यक्ष प्रचण्डको आह्वान

नेपालखबर
भदौ २८, २०७७ आइतबार ७:५२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्।

उनले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका छन्।

‘दुःखद क्षणमा पहिरामा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु’, अध्यक्ष दाहालद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ । उक्त पहिरामा परेका नौ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा रहेको जनाइएको छ ।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकको स्थानान्तरण गर्नसमेत उनले आग्रह गरेका छन्। उनले वक्तव्यमा भनेका छन्, ‘उनीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।’ अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .