ad ad

समाज


आइसोलेसनमा रहेका छोराले बाबुको काजकिरिया गर्न पाएनन्

आइसोलेसनमा रहेका छोराले बाबुको काजकिरिया गर्न पाएनन्

रासस
भदौ २८, २०७७ आइतबार ८:३,

कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन्।

पुतलीबजार नगरपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन्।

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर गएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर रेखदेखमा खटिएका थिए। बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका छोरा बाबुको मृत्यु भएपछि थप पीडामा परेका छन् भने काजकिरिया गर्नबाट समेत वञ्चित हुनुपरेको छ।

मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए। मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोेलेसनमा रहेको तथा अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टिनमा रहेकाले आफन्तले बाबुको किरिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .