ad ad

समाज


इन्सुरेन्सबाट पैसा प्राप्त गर्न आफ्नै हात काट्ने महिला ठग ठहर, जेल सजाय सुनाइयो

इन्सुरेन्सबाट पैसा प्राप्त गर्न आफ्नै हात काट्ने महिला ठग ठहर, जेल सजाय सुनाइयो

नेपालखबर
भदौ २८, २०७७ आइतबार ७:३९,

तर ती महिलालाई अदालतले ठग ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ।

बीबीसीका अनुसार महिलालाई नियतवश आफ्नो हात रेटेर बिमाको पैसा अवैध ढङ्गले कमाउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ।

२२ वर्षीया जुलिया आदलेसीचले घटनाको अघिल्लो वर्षमात्र पाँचवटा बिमा नीति खरिद गरेकी थिइन्।

बिमावापत् उनले दश लाख अमेरिकी डलरभन्दा धेरै पाउने थिइन्।

सन् २०१९ मा नाडीभन्दा माथिको भाग काटिएको हालतमा आदलेसीचलाई अस्पतालमा पुर्‍याइएपछि उनी र उनका केही आफन्त पक्राउ परेका थिए।

उनको अपाङ्गता स्थायी होस् भन्ने हेतुले उनी र उनको केटासाथीले काटिएको भाग जानाजान छाडेर अस्पताल आएको अदालतको निष्कर्ष छ।

तर अधिकारीहरूले समयमै उक्त भाग फेला पारे र अस्पतालले त्यसलाई जोडिदियो।

आदलेसीचका केटा साथीलाई पनि ३ वर्षको जेल सजाय सुनाइएको छ।

सो घटनाको केही दिन अगाडि महिलाका केटासाथीले इन्टरनेटमा कृत्रिम हातबारे जानकारी खोजी गरेको अभियोजनकर्ताहरूले बताए।

त्यसले पनि उक्त घटना नियोजित भएको प्रमाण मिल्ने अभियोजनकर्ताहरूले बताएका छन्।

मुद्दाको अवधिभरि आदलेसीचले जानाजान हात काटेको अस्वीकार गरेकी थिइन्।

यदि उनको योजना सफल भएको भए उनले आधा जति रकम एकमुष्ट र बाँकी मासिक किस्तामा पाउने थिइन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .