राजनीति


चीन र भारतका विदेशमन्त्री वार्तामा बसे, निस्केला निकास?

चीन र भारतका विदेशमन्त्री वार्तामा बसे, निस्केला निकास?

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १५:४४,

सीमामा तनाव चलिरहेका चीन र भारतका विदेशमन्त्री रुसको राजधानी मस्कोमा वार्तामा बसेका छन्।

सांघाई कोअपरेसन फोरमको बैठकमा सहभागी हुन मस्कोमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र उनका समकक्षी एस जयशंकरबीचको वार्ताले दुई देशबीचको बढ्दो तनाव रोक्ने अपेक्षा गरिएको छ।
सोमबार मात्रै लद्दाखस्थित पाङगोङ तालमा चीन र भारतका सैनिकबीच झडप भएको थियो। त्यहाँ गोली पनि चलेको बताइएको छ।

अहिले कतिपय स्थानमा दुई देशका सैनिक ३ सय मिटरको दूरीमा रहेको र वातावरण तनावपूर्ण रहेको भारतीय सञ्चारमाध्यमहरुले सैन्य स्रोतलाई उधृत गर्दै बताएका छन्।

बिहीबार साँझको द्विपक्षीय वार्ताअघि रुस, चीन र भारतका विदेशमन्त्रीबीच दिवाभोजसहितको वार्ता भएको थियो।

विश्लेषकहरुले यो वार्ताले तनाव कम गर्न नसके दुई आणविक शक्तिसम्पन्न मुलुक युद्धमा होमिन सक्ने चिन्ता व्यक्त गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad