राजनीति


कांग्रेस महामन्त्री कोइराला भन्छन्: ममा संक्रमण देखिए पनि स्वस्थ छु, मेरो सम्पर्कमा आएकाहरु सजग रहनु

कांग्रेस महामन्त्री कोइराला भन्छन्: ममा संक्रमण देखिए पनि स्वस्थ छु, मेरो सम्पर्कमा आएकाहरु सजग रहनु

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १२:२४,

नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले आफुमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

उनले संक्रमण भएपनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नदेखिएको जानकारी दिएका छन्।

‘चिकित्सकहरुको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ कोइरालाले ट्विटमार्फत् सार्वजनिकरुपमा आग्रह गरेका छन्।

उनका सहयोगी भरत तिवारीका अनुसार कोइरालामा संक्रमण पुष्टि भए पनि कोरोनाका कुनै लक्षण नदेखिएको बताएका छन्।

‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन,’ तिवारीले नेपालखबरसँग बताए। 

याे पनि: 
कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण, छैन लक्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad