ad ad

राजनीति


चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ट्रम्पद्वारा मोदीको प्रशंसा, भनेः मोदी मेरा साथी

चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ट्रम्पद्वारा मोदीको प्रशंसा, भनेः मोदी मेरा साथी

नेपालखबर
भदौ २०, २०७७ शनिबार १०:४७,

भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको ट्रम्पले बताएका हुन्।

स्थानीय समयानुसार शुक्रबार उनले भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ। उहाँ धेरै राम्रो नेता हुनुहुन्छ।”

ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले धेरै राम्रो गरिरहेको बताए।

भारतले चिनियाँ एप्लिकेसनहरुमा प्रतिबन्ध लगाएसँगै ट्रम्पले मोदीको प्रशंसा गरेका हुन्।

यसअघि टिकटक र विच्याटसहित ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको भारतले हालै पब्जीसहित ११८ भन्दा बढी चीनसँग सम्बन्धित एपमा प्रतिबन्ध लगाएको थियो।

अमेरिकाले पनि टिकटक, विच्याटसहित कयौं चिनियाँ एप्स र चिनियाँ प्रविधि कम्पनीमा प्रतिबन्ध लगाएको छ।

चिनियाँ एप्स राष्ट्रिय सुरक्षाको लागि खतरा भएको ट्रम्पको आरोप छ। यी एप्सहरुले अमेरिकी डेटा चोरी गर्ने अमेरिकी बुझाई छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .