ad ad

राजनीति


अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदमै भने : आज साँझसम्म राजीनामा दिन्छु

अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदमै भने : आज साँझसम्म राजीनामा दिन्छु

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ८:१२,

अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले सो जानकारी गराएका हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।

उनको थपिएको ६ महिने कार्यकाल पनि शनिबार पुरा हुँदैछ।

सांसद नरहेका खतिवडालाई राष्ट्रिय सभामा नियुक्त नगरिने भएपछि मन्त्रिपरिषदमा उनको निरन्तरता नहुने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .