ad ad

राजनीति


भारतका प्रधानमन्त्री मोदीको ट्विटर अकाउन्ट ह्याक

भारतका प्रधानमन्त्री मोदीको ट्विटर अकाउन्ट ह्याक

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ५:१३,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक गरिएको छ।

उनको ट्विट ह्याक भएको कुरा बिहीबार ट्विटर आफैंले पुष्टि गरेको हो।

प्रधानमन्त्री मोदीको ट्विटर ह्यान्डल @narendramodi_in ह्याक गरी फलोअर्सहरुलाई राहत कोषका लागि क्रिप्टोकरेन्सीमा पैसा दान गर्न आग्रह गरिएकाे थियाे। 

मिडिया रिपोर्टअनुसार ह्याकिङको पुष्टि बिहीबार बिहान सवा ३ बजे गरिएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि जुलाईमा धेरै जना शीर्ष व्यक्तिका ट्विटर अकाउन्ट ह्याक गरिएका थिए।

सामाजिक सञ्जाल ट्विटरले रोयटर्सलाई बताएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल पनि ह्याक गरिएको जानकारी प्राप्त भएकाे र सुरक्षाका लागि प्रयास गरिएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .