चीनले अमेरिकाका ‘अतिवादी शक्ति’सँग जुध्न युरोपेली मुलुकहरुसँग एकताको आह्वान गरेको छ।
युरोपेली मुलुकको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार फ्रान्समा यस्तो बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको आलोचना गर्दै वाङले भने, ‘हामी कहिल्यै पनि ‘चाइना फर्स्ट’ भन्ने छैनौँ।’
‘कूटनीतिक सम्बन्ध स्थापना भएयता अहिले चीन–अमेरिका सम्बन्ध सबैभन्दा जटिल बनेको छ,’ फ्रेन्च इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्समा सम्बोधन गर्दै वाङले भने, ‘अमेरिकाले अन्य मुलुकलाई चीन र अमेरिकामध्ये एक पक्ष रोज्न दबाब दिइरहेको छ र दुई देशको सम्बन्धलाई द्वन्द्वतर्फ लगिरहेको छ। यस महत्वपूर्ण मोडमा मानवजातिको भाग्यका लागि पनि घृणा र द्वन्द्व बढाउने प्रयासको चीन र युरोपेली संघले संयुक्त रुपमा विरोध गर्नुपर्छ।’
वाङले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसहित अन्य उच्चपदस्थ अधिकारीहरुसँग भेट गरेका छन्।
वाङ सोमबार जर्मनीको भ्रमणमा जानेछन्। एजेन्सी
प्रतिक्रिया