सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेकाे छ।
आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे।
यसअघि भदाै १५ सम्म लामाे दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय भएकाेमा सरकारले त्यसलाई थप १५ दिन लम्ब्याएकाे हाे।
सरकारले कोरोना संक्रमण फैलिएको भन्दै लामाे दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय साउन २६ गतेको बैठकले गरेको थियो। सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो। तर हवाई उडान भने भदौ १६ बाट खोल्ने निर्णय यसअघिको मन्त्रिपरिषदको बैठकले गरेको थियो।

प्रतिक्रिया