राजनीति


किम कोमामा गएको हल्लाबीच उनकी बहिनीले महत्वपूर्ण पद सम्हालेको दक्षिणको दाबी

किम कोमामा गएको हल्लाबीच उनकी बहिनीले महत्वपूर्ण पद सम्हालेको दक्षिणको दाबी

नेपालखबर
भदौ १०, २०७७ बुधबार ८:१६,

दक्षिण कोरियाका रक्षामन्त्री जियोङ कियोङ–दोेले हाल किमकी बहिनीले देशको महत्वपूर्ण राजनीतिक संयन्त्रको नेतृत्व गरिरहेको बताएका हुन्।

उनले हाल किम यो जोङ सर्वोच्च नेता किम जोङ उनपछिकै शक्तिशाली व्यक्ति भएको बताए।

मंगलबार रक्षामन्त्री जियोङले दक्षिण कोरियाको राष्ट्रिय सभामा बोल्दै किमकी बहिनीले अर्गनाइजेसन एन्ड गाइडेन्स डिपार्टमेन्ट सम्हाल्ने बताएका थिए। यस विभागले सत्ताधारी पार्टी वर्कस पार्टीको संगठन, विचार सम्प्रेषण र राजनीतिक नियुक्तिमा भूमिका खेल्ने बताइएको छ।

यस विभागले पार्टीका ३० लाख सदस्य किम जोङ उनप्रति बफादार छन् या छैनन् भन्ने पनि निगरानी गर्ने जनाइएको छ।

यसैहप्ता मात्र किम कोमामा गएको हल्ला चलेको थियो। किम कोमामा गएकाले कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले दाबी गरेका थिए।

तर यस विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन। केही समय अगाडि मात्र किमको मृत्युको हल्ला पनि चलेको थियो। तर उक्त खबर झुठो भएको उत्तरको प्रतिक्रिया थियो।

न्युयोर्क पोस्टका अनुसार दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङले किम कोमामा रहेको खबर आफूले जासुसमार्फत थाहा पाएको दाबी गरेका थिए।

किम कोमामा गएको साथै उनको मृत्युको हल्ला चल्दै गर्दा विश्लेषकहरुले उनकी बहिनी किम यो जोङलाई किमपछिका उत्तरका शासकको रुपमा व्याख्या गर्न थालेका छन्।

Why North Korean leader's sister Kim Yo-jong must nervously be ...

को हुन् किम यो जोङ?

सर्वोच्च नेता किमकी कान्छी बहिनी किम यो जोङ किमको निकट र शक्तिशाली सहयोगी हुन्। सन् १९८७ मा जन्मिएकी किम यो जोङ दाई किमभन्दा चार वर्ष कान्छी हुन् र दुवैले एकै समयमा स्वीट्जरल्यान्डमा पढेका थिए।

किम वंशको पहिलो सदस्यको रूपमा सन् २०१८ मा दक्षिण कोरियाको भ्रमण गरेपछि उनले अन्तर्राष्ट्रिय ध्यान तानेकी हुन्।

उनी दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा सहभागिता जनाएको शीतकालीन ओलम्पिकमा गएको प्रतिनिधिमण्डलमा सहभागी थिइन्।

उनी दक्षिण कोरियाली नेता मुन जे–इन, चीनका राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको बैठक सहितका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दाजु किमको नजिक रही सहभागी भएकी थिइन्। बीबीसी र सीएनएनको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad