समाज


स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कोभिड पोर्टल : के के छन् नयाँ बिशेषता?

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कोभिड पोर्टल : के के छन् नयाँ बिशेषता?

नेपालखबर
भदौ १०, २०७७ बुधबार ८:१९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी डाटा पोर्टल संचालनमा ल्याएको छ।

कोभिड–१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल डब्लूडब्लूडब्लू डट कोभिड१९ डट एमओएचपी डट जीओभी डट एनपीमा तथ्यांकलाई सर्वसाधारणको पहुँचमा सजिलै लैजान सकियोस भन्ने उदेश्यले यो पोर्टल संचालनमा ल्याएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणको बन्दाबन्दिसंगै सुरु भएको कोभिड–१९ पोर्टललाई अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको मन्त्रालयको भनाइ छ।

के के छन् नयाँ बिशेषता?
नयाँ डाटा पोर्टलमा पुरानो पोर्टल मा रहेका कोभिड–१९ बारे जानकारी, स्व–मुल्यांकन, आईईसी सामग्री, धेरै सोधिने प्रश्न, सूचना तथा समाचार र सिचुएसन रिपोर्टलाई निरन्तरता दिईएको छ।

यसका अलावा यस डाटा पोर्टलले प्रयोगकर्ताअनुकुल संक्रमणको विभिन्न तथ्यांकहरुलाई नक्शामा हेर्न सक्नेछन्।

‘संक्रमणको प्रादेशिक विवरण, जिल्लागत महिला पुरुषको विवरण, उमेर समूहअनुरुपको बिस्तृत विवरण, लिङ्गका आधारमा संक्रमण हेर्न सकिने छ। प्रयोगकर्ताले हालसम्मका संक्रमण विवरण नक्शामा छनोट गरि हेर्न सक्ने छन्,’ मन्त्रालयले भनेको छ।

नयाँ पोर्टलमा प्रयोगकर्ताले पछिल्लो २४ घण्टामा भएका संक्रमणको अवस्था हेर्न सक्ने छन् साथै एक प्रदेशको संक्रमण अर्काे प्रदेशसँग तुलना गर्न पनि सक्ने छन्।

प्रयोगकर्ताले आफुले चाहे बमोजिम पछिल्ला हप्ता, महिना वा आफ्नो रोजाई अनुरुप मिति छनोट गरि संक्रमणको अवस्था हेर्न सक्ने छन्।

नयाँ पोर्टलमा संक्रमणको अवस्था पुरा नेपाल, प्रदेश, जिल्लाको आधारमा नक्शामा र संगै रहेको टेबुलमा हेर्न सकिने छ। प्रदेशहरुको संक्रमणको अवस्था र एक अर्काको तुलना रेखाचित्रमा देखाईएको छ, यसमा नेपालको सम्पूर्ण संक्रमणको अवस्थापनि बार चार्टमा देखाईएको छ।

त्यसैगरी लिङ्गको आधारमा संक्रमणको अवस्था पाई चार्टमा देख्न सकिन्छ। प्रादेशिक संक्रमणको अवस्था बार चार्टमा छ। देशका ७७ वटै जिल्लाको विवरण बार चार्टमा उपलब्ध छ। उमेर समूह अनुसारको संक्रमणको अवस्था। कुनै निश्चित दिनको संक्रमणको अवस्था यसमा उपलब्ध छ । पोर्टलको अन्त्यमा संक्रमित, डिस्चार्ज र मृत्यूको तुलना भएको पाईचार्ट उपलब्ध छ।

‘हाम्रो स्वास्थ्य मोबाइल एप
केहि समय अघि मन्त्रालयले आफ्नो आधिकारिक मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएसका प्रयोगकर्ताहरुको लागि अपडेट सार्वजनिक गरेको थियो। मोबाइल एप्समा प्रयोगकर्ताले दैनिक आफ्नो स्वास्थ्यको स्व–मुल्यांकन भर्न सक्नेछन्।

भरिएका स्व–मुल्यांकन विवरणका आधारमा मन्त्रालय मातहतका विज्ञ स्वास्थ्यकर्मीले सम्भावित संक्रमणको लक्षण भएका प्रयोगकर्तालाई फोनमार्फत् थप सल्लाह सुझाव तथा आवश्यक परे नजिकैको स्वास्थ्य संस्थासम्म जान प्रवन्ध समेत गर्नेछन्।

अहिले मन्त्रालयले कोभिड–१९ सूचना तथा गतिबिधिको सम्प्रेषण गर्न भाइबर, फेसबुक, ट्विटर, कोभिड–१९ प्रेस ब्रिफिङ, मोबाइल एप्स ‘हाम्रो स्वास्थ्य’, कोभिड–१९ पोर्टल लगायतका डिजिटल माध्यम संचालन गरेसँगै सो पोर्टल सुरु गरिएको हो।

मन्त्रालयका अनुसार मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएस गरि दुई लाखपटक भन्दा धेरैपटक डाउनलोड भईसकेको छ। भाइबर ग्रुपमा एमओएचपी नेपाल कोभिड १९ मा साढे चार लाखभन्दा बढी प्रयोगकर्ता सक्रिय छन् भने आधिकारिक फेसबुक पेजमा साढे छ लाख फलोअर छन्। मन्त्रालयले आफ्नो डिजिटल उपस्थिति संक्रमणको जोखिम बढेसंगै थप सक्रिय गर्दै लगेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad