राजनीति


यसकारण अनिश्चित ओली–प्रचण्ड भेट

यसकारण अनिश्चित ओली–प्रचण्ड भेट

नेपालखबर
भदौ ८, २०७७ सोमबार ७:२९,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटकाे समय अनिश्चित भएको छ।

दुई नेताबीच सोमबार विहान भेट गर्ने तय भए पनि अहिलेसम्म प्रधानमन्त्री ओलीबाट कुनै खबर नआएको प्रचण्ड निकट स्रोतले जनाएको छ।

‘हामी तयारी अवस्थामा छौं, प्रधानमन्त्रीको खबर आएको छैन', खुमलटार स्रोतले नेपालखबरसँग भन्यो, 'उहाँ (प्रधानमन्त्री) व्यस्त भएको भन्ने खबर छ, उताबाट खबर आएपछि जाने हाम्राे योजना छ।’

नेकपाभित्रको विवाद समाधानको लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार १७ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो। प्रतिवेदनमा ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डको अधिकार वृद्धि गरी पार्टी सञ्चालन गर्नपर्ने सुझाव दिएको छ।

सोही प्रतिवेदनलाई अध्ययन गरेर सचिवालय बैठकमा पेश गर्नको लागि ओली र प्रचण्डबीच भेट गर्ने तय भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad