शनिबार मात्र पाकिस्तान र चीनको विदेशमन्त्रालयले दुवै देशका विदेशमन्त्रीबीच भएको भेटवार्ताको बारेमा संयुक्त विज्ञप्ती निकालेको थियो।
उक्त विज्ञप्तीमा दुवै पक्षले दक्षिण एसियामा समानता र पारस्परिक सम्मानका आधारमा वार्ताका माध्यमबाट विवाद र मुद्दा समाधान गरिनु आवश्यक रहेको जोड दिएका छन्।
त्यहाँ जम्मु कस्मिरको बारेमा भनिएको थियो,‘पाकिस्तानी पक्षले जम्मु–कस्मिरको पछिल्लो स्थितीको बारेमा चिनियाँ पक्षलाई जानकारी दियो।’
चिनियाँ पक्षले जम्मु कस्मिरको विषयमा भनेको छ,‘कस्मिर मुद्दा भारत र पाकिस्तानबीच पहिल्यैबाट चल्दै आएको विवाद हो। यो विवाद शान्तिपूर्ण तवरबाट राष्ट्रसंघको नियमअनुसार दुईतर्फी छलफलबाट टुंग्याउनुपर्छ।’
चीनले कस्मिरको विषयमा एकतर्फी कार्यलाई विरोध गर्ने जनाएको थियो।
चीन र पाकिस्तानको संयुक्त विज्ञप्तीमा जम्मु–कस्मिरको विषय समेटिएपछि भारतले चीन र पाकिस्तानको आलोचना गरेको छ।
जम्मु–कस्मिर भारतको भूमि भएको साथै यो आन्तरिम मामिला भएकाले यसबारे हस्तक्षेप नगर्न भारतले चेतावनी दिएको छ।
भारतको विदेशमन्त्रालयले भनेको छ,‘जम्मु–कस्मिर भारतको अभिन्न अंग हो र हामी आशा गर्दछौं कि सम्बन्धित पक्षहरुले भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्नेछैन।’ टाइम्स अफ इन्डिया
प्रतिक्रिया