राजनीति


नेकपा सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेन्डा

 नेकपा सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेपालखबर
साउन ५, २०७६ आइतबार ६:१४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज (आइतबार) दिउँसो बस्दै छ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकले एकताका बाँकी काम टुंगो लगाउने बताइएको छ।

एकताका बाँकी काम टुंगो लगाउनका लागि बैठक बस्न लागेको नेकपाका एक नेताले नेपालखबरलाई बताए।

ती नेताका अनुसार बैठकले केन्द्रीय विभाग, सल्लाहकार परिषद, जिल्ला इन्चार्ज लगायतको जिम्मेवारी टुंगो लगाउने छ।

नेकपा उमाले र माओवादीबीचको एकताको एक वर्ष भन्दा बढी समयसम्म बितसक्दा पनि एकताको काम अझै टुंगो लागेको छ।

जिल्ला इन्चार्जको लगभग टुंगो लागिसकेको हुँदा बैठकमा केन्द्रीय विभागका विषयमा नै मुख्य छलफल हुनेछ।

नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग परेका छन्। पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गोतको नाम टुंग्याइसको छ।

पूर्व माओवादी समूह पनि आइतबार सचिवालय बैठक अगाडि विभागमा पठाउने व्यक्तिका नामबारे छलफल गर्न अध्यक्ष प्रचण्ड निवासमा छलफलमा भएको छ।

पूर्व माओवादी समूहबाट सचिवालयमा रहेका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबीच छलफल भएको पूर्व माओवादी समूहका एक नेताले नेपालखबरसँग भने। उनले भने, ‘सचिवालयभन्दा तल यो विषय छलफलमा आएको छैन’, उनले भने, कसैले आधिकारिक रुपमा यो विभाग चाहियो भनेर दावा गरेका छैनन्।’

उनले तीन नेताबीचको छलफलपछि विभागमा पठाउने नेताहरुको नाम टुंगो लाग्ने बताए।

बैठकमा अर्थ र प्रचार विभागको जिम्मेवारीसहितका विषयमा छलफल भएको स्रोतले बतायो। पूर्वएमालेले दुई महत्वपूर्ण विभागमा आफ्नो नाम चयन गरिसकेको अवस्थामा पूर्वमाओवादी पक्षलाई पनि आजको बैठकमा दुई विभागमा नाम पठाउने दवाब छ।

प्रचार विभागमा नेकपाका वर्तमान प्रवक्ता नारायणकाजी श्रेष्ठ वा पम्फा भुसालको नाम पठाउन सक्ने सम्भावना छ। श्रेष्ठ आफैँ चाहिँ स्कूल विभागमा रूचि देखाइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad