राजनीति


कोरोनाका कारण उत्तरप्रदेशका मन्त्री तथा क्रिकेटर चेतन चौहानको निधन

कोरोनाका कारण उत्तरप्रदेशका मन्त्री तथा क्रिकेटर चेतन चौहानको निधन

नेपालखबर
साउन ३२, २०७७ आइतबार १२:५३,

भारतको उत्तरप्रदेश राज्यका मन्त्री तथा पूर्व क्रिकेट खेलाडी चेतन चौहानको कोरोना संक्रमणका कारण आइतबार निधन भएको छ।

७३ वर्षका चौहानको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको भारतको सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ।

उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि शनिबार दिउँसो उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

जुलाई १२ मा चौहानलाई कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो। कोरोनाका कारण उनको मिर्गौलामा असर गरेको र उच्चरक्त चाप भएको थियो।

उनको मृत्युसँगै चौहान योगी आदित्यनाथको मन्त्रिमण्डलकै दुईजनाको कोरोनाका कारण ज्यान गएको छ।

यसअघि उनकै मन्त्रिमण्डलकी कमलारानी बरुणको साउन १८ गते निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad