राजनीति


प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

नेपालखबर
साउन ३१, २०७७ शनिबार ८:८,

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।

शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताए। उनले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको जानकारी दिए।

‘प्रधानमन्त्र िकेपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ, यसबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकल्ने तयारी गरिरहेको छ’, सल्लाहकार थापाले नेपालखबरसँग भने।

यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

लिपुलेक विवादपछि प्रधानमनत्री तहमा पहिलोपटक वार्ता भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad