राजनीति


एकीकरण सम्बन्धी आधारपत्रकाे थप ब्याख्या गर्न राप्रपाद्वारा समिति गठन

एकीकरण सम्बन्धी आधारपत्रकाे थप ब्याख्या गर्न राप्रपाद्वारा समिति गठन

नेपालखबर
साउन २८, २०७७ बुधबार ९:५२,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरण सम्बन्धी आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित सुझाव दिन समिति गठन गरेको छ।

समितिमा वरिष्ठ नेता दिपक बोहोरा, बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्याम प्रसाद तिमिल्सिना रहेका छन्।

समितिलाई सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनिएको छ।

पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच आज बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad