लकडाउन र अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा सरकारले कुनै निर्णय गर्नसक्ने संभावनाबीच मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
पछिल्लो समय काठमाडौं उपत्यका, वीरगञ्ज, बिराटनगर लगायतका ठूला शहरमा कोरोना संक्रमण तीब्र बढिरहेका बेला सरकारले त्यसलाई नियन्त्रण गर्ने मोडालिटीबारे निर्णय गर्ने संभावना रहेको उच्चस्तरीय स्रोतले जनाएको छ।
त्यसैगरी पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयले भदौ १ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रोटोकल तयार गरी प्रस्ताव पेश गरेको छ।
त्यसबारे सो मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्ने संभावना रहेको छ।

प्रतिक्रिया