ad ad

राजनीति


बुद्ध मूर्ति तोडफोड गम्भीर सामाजिक अपराधः साझा पार्टी

बुद्ध मूर्ति तोडफोड गम्भीर सामाजिक अपराधः साझा पार्टी

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ६:१०,

रुपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको भगवान गौतम बुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

'नेपालका गौरव, शान्ति र सह-अस्तित्वका प्रेरक गौतम बुद्धको मूर्ति तोडफोड गर्ने कार्य गम्भीर सामाजिक अपराध हो', प्रवक्ता डा.सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार पनि हो।’

घटनाको सुक्ष्म अनुसन्धान गरी तोडफोड गरिएको ठाउँमा तुरुन्त मूर्ति पुनर्स्थापन गर्न सो पार्टीले माग गरेको छ। भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रबन्ध मिलाउन साथै दोषीलाई यथाशीघ्र कानुनी कारवाही गर्न साझा पार्टीले सरकार समक्ष आग्रह समेत गरेको छ।

यो पनि: जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .