ad ad

राजनीति


बालकोट निवास पुगेर प्रधानमन्त्रीले भने : छलफल परिणाममुखी हुन सकेको छैन

बालकोट निवास पुगेर प्रधानमन्त्रीले भने : छलफल परिणाममुखी हुन सकेको छैन

नेपालखबर
साउन १९, २०७७ सोमबार १०:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका पछिल्ला छलफल परिणाममुखी हुन नसकेको बताएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको वार्ता सकिएलगत्तै बालकोटस्थित आफ्नो नीजि निवास पुगेका प्रधानमन्त्री ओलीले पछिल्ला छलफलहरु परिणाममुखी हुन नसकेको टिप्पणी गरेका हुन्।

बालकोट पुगेका प्रधानमन्त्री ओलीसँग पूर्वमन्त्री गोकुल बाँस्कोटाले जारी छलफलको विषयमा चासो व्यक्त गरेका थिए।

Oli balkot1

‘उहाँले जेरी मिठो भयो अन्य कुरा त्यस्तै हो भन्ने जानकारी दिनुभयो। छलफल भोली पनि जारी रहने बताउनु भएको छ,’ बालकोटमा प्रधानमन्त्रीसँगको कुराकानीपछि बाँस्कोटाले नेपालखबरसँग भने।

त्यसपछि बाँस्कोटाले ‘जेरी खाँदा सहमति भएन भोली तिते करेला खुवाउनु होला निष्कर्ष निस्कन्छ की भनेर ठट्टा गरेको’ जानकारी दिए।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

‘कहिले घर फर्किनु हुन्छ भनी सोधेको थिएँ। उहाँले साढे दुई वर्षपछि भनेर भन्नुभयो’ बाँस्कोटाले भने।

Oli balkot2

प्रधानमन्त्रीको रुपमा ओलीको कार्यकाल साढे दुई वर्ष बाँकी छ।

प्रधानमन्त्री ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि सोमबार पहिलो पटक बालकोट पुगेका हुन्।

उनको साथमा पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश शाक्य पनि निवास पुगेका थिए।

ओली बालकोट आउने जानकारी पाएपछि सांसद महेश बस्नेत पनि उनको निवास पुगेका थिए।

प्रधानमन्त्री आफ्नो निजी आवासमा आउने जानकारी पाएपछि भक्तपुरका स्थानीय प्रशासन तथा सुरक्षा अधिकारीहरु बालकोट पुगेका थिए।

‘प्रधानमन्त्रीले कोरोना संक्रमणका अवस्थामा भक्तपुरमा के कस्तो स्थिति छ भनी जिज्ञासा राख्नुभएको थियो,’ बाँस्कोटाले भने, ‘बगौचा घुम्नुभयो र छिमेकीहरुसँग पनि कुराकानी गर्नुभयो।’

याे पनि: ओलीः सचिवालय बैठकबाट सहमति खोजौं, प्रचण्डः स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा कसरी जाने?

प्रधानमन्त्री ओलीले बालकोट निवास वरिपरि अवलोकन गर्दाका थप तस्बिरहरुः

Oli balkot3

Oli balkot4

Oli balkot5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .