ad ad

राजनीति


शालिकराम जम्कट्टेलको प्रश्न : पार्टी एकता गर्ने प्रचण्डलाई किन कमजोर पार्न खोजिँदैछ?

शालिकराम जम्कट्टेलको प्रश्न : पार्टी एकता गर्ने प्रचण्डलाई किन कमजोर पार्न खोजिँदैछ?

नेपालखबर
साउन १८, २०७७ आइतबार ७:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं बागमती प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नेकपाभित्रका पूर्वमाओवादीहरुलाई अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डको वरिपरि एकतावद्ध हुन आग्रह गरेका छन्।

नेकपाभित्र देखिएको विवादमा पूर्वमाओवादी समूहका केही नेता अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेपछि मन्त्री जम्कट्टेलले पार्टीभित्र प्रचण्डलाई कमजोर बनाए एकता बलियो नहुने बताएका छन्।

उनले पूर्वमाओवादी समूहका तल्लो तहका नेता कार्यकर्ताले पूर्वमाओवादी एकढिक्का किन हुन नसकेको भनि प्रश्न उठाइरहेको भन्दै उनले मौन रहेका स्थायी र केन्द्रीय समितिको नेताहरुमाथि प्रश्न समेत उठाएका छन्।

‘मेरो विचारमा पार्टी एकता जोगाउन अध्यक्ष वरिपरि नै पूर्व माओवादी धार केन्द्रित हुनु पर्दछ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्। उनले प्रचण्डको प्रवृत्ति भनेको अन्तरसंघर्षमा बीचमा बसेर एकता गराउने भएको बताउँदै प्रचण्डको प्रवृत्ति अहिलेको पार्टीको समस्या नभएको बताएका छन्।

उनले अहिलेको पार्टीभित्रको समस्या वैचारिक समस्या रहेको भन्दै आफूलाई कुन कित्तामा उभ्याउने हो भन्नेकुरा सबैले स्पष्ट गर्नुपर्ने उनको भनाइ छ। ‘कमी–कमजोरीको समीक्षा गर्दै जाऊला, पूर्वमााओवादी पक्ष अध्यक्ष कमरेड प्रचण्डको वरिपरि एकतावद्ध बनौँ’, फेसबुकमा मन्त्री जम्कट्टेलले लेखेका छन्, ‘उहाँले अगाडि बढाउने सबै कदमहरूलाई साथ दियौँ। संकटको बेलामा मौन भएर कोही पनि नबसौँ।यतिखेरको हाम्रो मतले बिशेष अर्थ राख्नेछ। तब मात्रै पार्टी एकता जोगिने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .