ad ad

राजनीति


प्रधानसेनापतिको प्रश्नः खोकना समस्याका अदृश्य कारण के हुन्? (भिडियाे)

प्रधानसेनापतिको प्रश्नः खोकना समस्याका अदृश्य कारण के हुन्? (भिडियाे)

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १२:३,

प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन्।

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका हुन्।

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए। खोकनाको समस्याले गम्भीर बनाएको उनले बताए।

उनले भने, ‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भीर बनाएको छ। त्यसको पछाडी जनताको मात्रै समस्या हो की। अरु पनि कारण छन्। ती कारणहरुको पछाडी जानुपर्ने महशुस भएको छ।’

थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे। देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उनले आग्रह गरे।

भिडियाे:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .